PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भारत भ्रमणबारे एमाले नेता नेपालको चासो



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा भारत भ्रमणबारे एमाले नेता नेपालको चासो

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल भएको छ।
 
सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा माओवादी केन्द्र र एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो।
 
दुईबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत एमाले नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए। 
 
उनीहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell