PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

काठमाडौंमै बलि दिन लाग्दा एक किशोरी फुत्किइन्, योजनाकार प्रहरीको पञ्जामा



सविन ढकाल

काठमाडौंमै बलि दिन लाग्दा एक किशोरी फुत्किइन्, योजनाकार प्रहरीको पञ्जामा

काठमाडौं : कन्याको बलि दिए धन प्राप्त हुने विश्वासले ग्रस्त हुन्छन् एक पुरुष। तनहुँ व्यास नगरपालिका-६ रुम्सीगाउँका ३७ वर्षीय भोजबहादुर थापा।
 
यही विश्वासमा परी उनी योजनासहित एक १६ वर्षीया किशोरीको अपहरण गर्छन्। तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त हुन्छ भन्ने त्यो विश्वासमा परेका उनी गतवर्षको साउन १४ गते किशोरी अपहरण गरी काठमाडौं सानो भर्‍याङमा रहेको एक घरमा ल्याइपुर्‍याउँछन्।
 
बन्धक बनाएको १६ दिनपछि ती किशोरी आफ्नो बलि दिन लागेको अवस्थामा भाग्न सफल हुन्छिन्। परिवारको सम्पर्कमा आई उनी सबै घटनाको बेलीविस्तार लगाउँछिन्।
 
किशोरीबाट सूचना चुहिने डरले मुख्य उपहरणका योजनाकार भोजबहादुर थापासँगै उनका सहयोगी तान्त्रिक गुरु कानु पहारी, ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुन मगर, उदीमबहादुर पुन र भीमबहादुर भुजेल फरार हुन्छन्।
 
प्रहरीमा परेको उजुरीका उनुसार प्रहरीले उनीहरुको खोजी कार्य तीव्र पार्छ। गत मंगलबार कास्की प्रहरीले पोखराको लेकसाइडबाट फरार भोजबहादुर थापालाई पक्राउ गर्न सफल हुन्छ।
 
थापालाई अपहरण तथा शरीर बन्धक मुद्दामा काठमाडौं जिल्ला अदालतमा पेश गराई पुर्पक्षका लागि कारागार पठाइएको छ। (प्रतीकात्मक फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell