PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

युएस ओपन टेनिस उपाधिका लागि नोभाक जोकोभिक र स्टान वावरिन्का भिड्ने



पहिलोपोस्ट

युएस ओपन टेनिस उपाधिका लागि नोभाक जोकोभिक र स्टान वावरिन्का भिड्ने

नोभाक जोकोभिक र स्वाटन वावरिन्का वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम टेनिस प्रतियोगिता युएस ओपनको उपाधिका लागि भिड्ने भएका छन्।
 
विश्व नम्वर वन सर्वियन जोकोभिक दसौं वरीयताका फ्रान्सेली खेलाडी गेल मोनफिल्सलाई ६-३, ६-२, ३-६, ६-२ को सेटमा पराजित गर्दै फाइनल पुगेका हुन्।

युएस ओपनको सेमिफाइनलमा पराजित भएसँगै मोनफिल्सले जोकोभिकसँग खेलेका सबै १३ खेल हारेका छन्।
 
यस्तै तेस्रो वरीयताका स्वीस खेलाडी स्टान वावारिन्का छैटौं वरीयताका जापानी खेलाडी केइ निशिकोरीलाई हराउँदै पहिलो पटक युएस ओपनको फाइनल पुगेका हुन्। पहिलो सेट ४-६ ले गुमाएका वावरिन्काले त्यसपछि लगातार तीन सेट ७-५, ६-४, ६-२ ले आफ्नो पक्षमा पार्दै जित हात पारेका हुन्।
 
वावारिन्का २०१३ र २०१५ मा पनि सेमिफाइनसम्म पुगेपनि अघि बढ्न सकेका थिएनन्।
 
सन् २०१४ मा अष्ट्रेलियन ओपन र २०१५ मा फ्रेन्च ओपन जितेका वावरिन्का तेस्रो ग्राण्डसलामको उपाधि जित्ने योजनामा छन्।
 
गत वर्ष फ्रेन्चको ओपको फाइनलमा वावरिन्काले जोकोभिकलाई हराएर उपाधि जितेका थिए।
 
यता सन् २०११ र २०१५ मा युएस ओपन च्याम्पियन बनेको जोकोभिक तेस्रो पटक युएस ओपन जित्ने तयारीमा छन्।
 
जोकोभिकले अहिलेसम्म १२ ग्राण्डसलामको उपाधि जितिकेका छन्। यस्तै महिलातर्फको फाइनलमा जर्मनीकी एन्जेलिक करबर र चेक रिपव्लिककी कारोलिन प्लिस्कोभा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell