PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

बुँद रानालाई 'मोतीराम गजल साधना सम्मान', संगीतकार सन्तोष श्रेष्ठलाई 'सेतुराम'



पहिलोपोस्ट

बुँद रानालाई 'मोतीराम गजल साधना सम्मान', संगीतकार सन्तोष श्रेष्ठलाई 'सेतुराम'

काठमाडौँ : अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले गजलगो बुँद रानालाई ‘मोतीराम गजल साधना सम्मान’र युवा सङ्गीतकार सन्तोष श्रेष्ठलाई सेतुराम सङ्गीत साधना सम्मान-२०७३ प्रदान गरेको छ।
 
पुरस्कारको राशि जनही पाँच हजार छ नगद छ। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले सम्मान गर्दै नेपाली साहित्यको समग्र विकासका लागि मोतीराम भट्टको ठूलो योगदान रहेको बताए। सोही कार्यक्रममा लोकेन्द्र बन्जराको दोस्रो गजलकृति ‘जैतुन’तथा डा हरिकुमार श्रेष्ठका दुई गजलकृति ‘आँकुरा’ र ‘तरङ्ग’ को विमोचन पनि गरियो।
 
कार्यक्रममा विमोचित कृतिमाथि सुरेश सुवेदी र शैलेन्द्र अधिकारीले समीक्षा गर्दै गजलले समग्र विश्व परिवेशलाई उजागर गरेको र देशको वर्तमान विसङ्गत अवस्था र राजनीतिक अस्थिरता तथा भ्रष्टाचारबारे पनि सन्देश दिन खोजेको विचार व्यक्त गरे।
 
युवक कवि भट्टको १५१औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा डा विजय सुब्बा, रवि प्राञ्जल लगायतले गजलवाचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell