PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते



पहिलोपोस्ट

फलेवास (पर्वत) : उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा आज दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्।
 
पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप दुर्घटना हुँदा म्याग्दी जिल्ला ज्यामरुकोट गाविस– ३ घर भएकी ५० वर्षीया राममाया दमाइको घटनास्थलमै मृत्युभएको हो। कास्की जिल्ला रिभान– ९ बस्ने ३० वर्षीया डिलकुमारी बुढाथोकी र सोही ठाउँ बस्ने ६० वर्षीया हरिमाया पुनको भने म्याग्दी जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिए।
 
दुर्घटनामा गम्भीर घाइते भएकी कास्की रिभान– ९ की १४ वर्षीया अमृता पुनलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य सात जनाको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
 
घटनापछि सवारी चालक रिमबहादुर फगामीलाई प्रहरीले पक्राउ गरेको छ। कच्ची सडकमा जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell