PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डा. केसीद्वारा नवौं अनसनको घोषणा, माग पूरा गर्न असोज २ गतेसम्म सरकारलाई अल्टिमेटम



सविन ढकाल

डा. केसीद्वारा नवौं अनसनको घोषणा, माग पूरा गर्न असोज २ गतेसम्म सरकारलाई अल्टिमेटम

काठमाडौं : मेडिकल क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि भन्दै पटकपटक अनसन बस्दै आएको प्राडा गोविन्द केसीले नवौं अनसनको घोषणा गरेका छन्।
  
आज दिउँसो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पत्रकारसँग कुरा गर्दै केसीले असोज ३ गतेबाट नवौं चरणको आन्दोलन थाल्ने चेतावनी दिए। उनले असोज २ गतेसम्म यसअघि आफूले राखेका चार बुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम पनि दिएका छन्।
 
सरकारसँग भएका सम्झौता कार्यन्वयन नभएको भन्दै फेरि आन्दोलनको विकल्प नभएको उनको भनाइ छ। केसीले चिकित्सा शिक्षाका विषयमा भएको सम्झौता कार्यन्वयनमा सरकार उदासिन देखिएको पनि बताएका छन्।
 
अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि भ्रष्टाचार गरेको प्रमाणसहित महाअभियोगको माग गर्दा संसदमा महत्वपूर्ण प्रस्तावमा छलफल नभएको उनको भनाइ छ। सरकारसँग भएका केही सम्झौता कार्यन्वयन भए पनि त्यसलाई उल्टाउने चलखेल भइरहेकाले त्यसको विरुद्ध आन्दोलन गर्न बाध्य भएको केसीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell