PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

पाँचौं मनाङ मर्स्याङ्दी धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजलाई



पहिलोपोस्ट

पाँचौं मनाङ मर्स्याङ्दी धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजलाई

काठमाडौं : पाँचौं मनाङ मस्र्याङ्दी धनुषवाण प्रतियोगिताको उपाधि म्याग्दी मगर समाजले जितेको छ। 

मनाङ मस्र्याङ्दी आर्चरी क्लवको आयोजनामा भएको प्रतियोगितामा म्याग्दी मगर समाजले नेपाल छन्त्याल समाजलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि जितेको हो। 

शुक्रवार बेलुका कृतिम प्रकाशमा सम्पन्न भएको १० डोरको (१२०अंकको) खेलमा म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघले समान १०८ अंक बटुलेर बराबरी खेलेका थिए। 

दुई टीमबीच विजेता घोषणा गर्न थप एक डोर खेलाइएको थियो। उक्त निर्णायक स्पर्धामा म्याग्दी मगर समाजले ११ अंक जोड्दा छन्त्याल संघले १० अंक मात्र जोड्न सक्यो। 

निर्णायक स्पर्धामा १ अंक बढी जोडेको म्याग्दी मगर समाज समग्रमा ११ डोरमा ११९ अंक जोड्द च्याम्पियन बन्यो। नेपाल छन्त्याल समाज भने ११८ अंकमा सिमित भयो। 

थप गरिएको एक डोरमा ६ खेलाडिले १२ तिर निशानामा लगाउनु पर्ने थियो। बिजेता म्याग्दी मगरका मनबहादुर पुनले मात्र अंक गुमाए भने नेपाल छन्त्यालका आकाश छन्त्याल र गोविन(जेके) छन्त्यालले एक/एक अंक गुमाएका थिए। 


यसअघि निर्धारित १० डोरमा मगर समाजबाट मनप्रसाद पुन, देउबहादुर रोक्का र भूपेन्द्र पुनले १९ अंक जोडेका थिए भने हरि पुनले १८ र आर्चरीका राष्ट्रिय खेलाडी जुलु पुनले १७ अंक बटुलेका थिए। 

त्यसैगरी छन्त्याल संघबाट जालिम छन्त्याल, प्रताप छन्त्याल र हर्क छन्त्यालले १९ अंक बटुलेका थिए भने गोविन्द छन्त्यालले १८, आकाश छन्त्यालले १७ र गोविन (जेके) छन्त्यालले १६ अंक बटुलेका थिए।



टिम इभेन्टतर्फ बिशिष्ट धनुषधरको उपाधि छन्त्याल समाजका प्रताप छन्त्यालले जिते। टिम स्पर्धामा ७ जनाले सर्वाधिक १९/१९ अंक जोडेपछि बिशिष्ट धनुषधरको उपाधिका लागि ७ प्रतिस्पर्धाले पुन एक–एक तीर हान्ने अवसर पाएका थिए। छन्त्याल समाजका प्रताप छन्त्यालले सटिक प्रहार गदै उपाधि चुमे। 

व्यक्तिगत स्पर्धामा पनि मनाङ मस्र्याङ्दीका अजय शेरचन र प्रेम थापाले १४/१४ अंक बटुलेर बराबरी भएपछि पुन प्रतिस्पर्धा भएको थियो। जसमा प्रेम थापा उत्कृष्ट धनुषधर बन्न सफल भए। 

विजेतालाई मनाङ मस्र्याङ्दी समाजका अध्यक्ष सोनामताप्के गुरुङ, मनाङ मस्र्याङ्दी क्लवका अध्यक्ष मुखिया कान्छा गुरुङ, पूर्व अध्यक्ष जिमी गुरुङ, मनाङ मस्र्याङ्दी आर्चरी क्लवका अध्यक्ष मुखिया गुरुङले पुरस्कृत गरे। 

विजेता म्याग्दी मगर समाजले ७५ हजार नगद, ट्रफ्री र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता छन्त्याल संघले ५० हजारमै चित्र बुझायो। यस्तै उत्कृष्ट बनेका धनुषधरले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell