
काठमाडौं : भाषामा देखापरेको विवाद समाधानका लागि त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राडा खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा १४ सदस्यीय ‘मानक नेपाली भाषा अभियान- २०७३’ गठन भएको छ।
अभियानको सहसंयोजकमा सहप्राध्यापक भरतकुमार भट्टराई, सचिव सहप्रा डा. लक्ष्मणप्रसाद गौतम र र सहसचिवमा सहप्रा डा. गोविन्दप्रसाद शर्मा (सुकुम) रहेका छन्। कोषाध्यक्षमा उपप्रा. रजनी ढकाललाई तोकिएको छ। सदस्यमा प्राडा कृष्णहरि बराल, सहप्राडा नारायण गड्तौला, सहप्राडा नेत्रमणि सुवेदी (एटम), सहप्राडा दुर्गाबहादुर घर्ती, उपप्राडा अशोक थापा र उपप्रा राजुमान डङ्गोल छन्। तीन सदस्यीय सल्लाहकारमा प्राडा देवीप्रसाद गौतम, प्राडा महादेव अवस्थी र प्राडा मोतीलाल पराजुलीलाई चयन गरिएको छ।
हाल नेपाली भाषामा देखिएको अराजकताको पहिचान गरी मानक भाषा निर्माणको वातावरण मिलाउन अभियानले पहल गर्ने बताइएको छ। नेपाल सरकारले निर्माण गरेको भाषा आयोगसँग वर्तमान हिज्जेको समस्यालाई जोडेर हेर्न खोजिएको भन्दै समितिका सदस्य असन्तुष्ट बनेका छन्।