PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

असफल स्कूल सार्वजनिक



पहिलोपोस्ट

असफल स्कूल सार्वजनिक

अमेरिकी शिक्षाविद् तथा चिन्तक जोन काल्डवेल हल्टको किताब 'द अन्डर अचिभिङ स्कूल' को नेपाली संस्करण आज सार्वजनिक भएको छ। सिकाइ समुहले 'असफल स्कूल' नाम दिएर किताबको नेपाली संस्करण ल्याएको हो।
 
असफल स्कूलको नेपाली अनुवाद शरच्चन्द्र वस्तीले गरेका हुन्। नेपाली शिक्षा प्रणालीमा हुने बेथिती, नेपाली विद्यालयहरुमा सिकाइने सिपसँग हल्टको सो किताब प्रासंगिक हुने भएकाले असफल स्कूलको नेपाली संस्करण ल्याएको बताइयो।
शिक्षा प्रणाली र स्कूलको प्रवृत्तिमा कस्तो खालका परिवर्तन र विकास ल्याउनुपर्छ भन्ने बारे किताबले संकेत गर्छ।
 
'बच्चालाई साधन बनाउने नीति र विद्यालयलाई शैक्षिक नोक्सानीको राम्रो परिचय 'असफल स्कूल'ले दिएको' शिक्षाविद् डाक्टर बालचन्द्र लुईंटेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell