PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई हरायो



पहिलोपोस्ट

​म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई हरायो

बहुप्रतिक्षित म्यानचेष्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडलाई उसैको मैदानमा पराजित गरेको छ। 

प्रिमियर लिग अन्तर्गत शनिबार भएको चौथो चरणको खेलमा म्यानचेष्टर सिटीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको हो।


यस म्यानचेष्टर डर्बी विशेष गरी दुई कारणले चर्चित बनेको थियो। तीन वर्षपछि विश्वकै दुई उत्कृष्ट प्रशिक्षक जोसे मोउरिन्हो र पेप गोर्डिओला
पनि यसै डर्बी मार्फत आमने सामने भए। अर्को विश्वकै महँगो टीम बीचको खेल।


युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा तीनै गोल पहिलो हाफमा भएको हो। खेलको १५ औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। 


३६ औं मिनेटमा ब्रुएनाले नै प्रहार गरेको बल पोलमा लागेर फर्केपछि त्यसैमा केलेची इहेनाचोले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।


४२ औं मिनेटमा ज्लाटन इब्राहिमोभिकले गोल गर्दै गोल अन्तर कम पारे। पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोली युनाइटेडले दोस्रो हाफमा बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन। 


जितपछि चार खेलमा शतप्रतिसत जित हात पारेको सिटी १२ अंक सहित शीर्ष स्थानमा छ। यसअघि तीन खेल जितेको युनाइटेडको भने यो पहिलो हार हो। चार खेलबाट ९ अंक रहेको युनाइटेड तेस्रो स्थानमा छ। तीन खेल खेल्दै ९ अंक जोडेको चेल्सी दोस्रो स्थानमा छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell