काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव दर्ता गरेर नै दिल्ली जाने आफ्नो प्रतिबद्धता अझै कायम रहेको बताएका छन्।
आफू मधेसी मोर्चाका नेताहरुसँग सघन छलफलमा रहेको उनले उल्लेख गरे। प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डले संविधान संशोधनको प्रारुपमा छलफल भइरहेको बताए।
'भारत भ्रमण अघि मधेसी जनता र सिङ्गो नेपाली जनताको विश्वास लिएर जाने छु', उनले भने।
प्रचण्ड भारत भ्रमण अघि सिराहामा हुने एक सार्वजनिक कार्यक्रममा सहभागि हुदैँछन्। प्रचण्ड सिराहाका जन निर्वाचित सांसद हुन्।
प्रचण्डले आफू भारतमा कुनै ठूला मागहरु पुरा गर्ने हिसाबले नभइ भारतसँग रहेको संविधान घोषणा देखिएको जस्तो चिसो सम्बन्ध दोहोरिन नदिने प्रयत्नमा रहेको बताए।
'दुइ देशको सम्बन्धमा संविधान घोषणा देखि कार्यान्वयन, सरकार गठनको क्रम, नाकाबन्दीको क्रममा चिसो स्थिति देखापर्यो। कहिल्यै दोहोरिन नदिने मुख्य अजेण्डा हो', उनले भने।