PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

चिनियाँ राष्ट्रपतिको भ्रमण सम्बन्धमा बोले प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपतिको भ्रमण सम्बन्धमा बोले प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्ने समाचारका विषयमा पहिलोपटक सार्वजनिक टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा प्रचण्डले भने - 'चीनबाट पनि राष्ट्रपति आउने चर्चा चाँही हो, निर्णय भइसकेको थिएन भन्ने जानकारी मलाइ छ।'

उनले आफ्नो 'कार्यकाल या छिट्टै' चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने विश्वास व्यक्त गरे।
 
'मिडियामा आउने निर्णय भइसकेको र स्थगित भइसकेको जसरी आयो त्यो आधारहिन छ, दुतावास र हाम्रो विदेश मन्त्रालयबाट स्पष्ट भइसकेको छ', उनले भने, 'निर्णय प्रक्रियामा नै छन्।'

प्रचण्डले भारतीय राष्ट्रपति भने नेपाल आउने निश्चित भएको बताए। 'भारतको राष्ट्रपतिको नेपालमा आउने भै नै सकेको हो', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell