
प्रिमियर लिग अन्तर्गत चौथो चरणको खेलमा लिभरपुलले साविक विजेता लेस्टर सिटीलाई पराजित गर्दा टोहनहम, आर्सनल, वार्टफोर्ड, क्रिस्टल प्यालेस पनि विजयी भएका छन्।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ४-१ गोल अन्तरले हरायो।
लिभरपुलको जितमा रोबर्टो फिर्मिनोले २ तथा साडियो माने र एडम लालानाले १/१ गोल गरे। लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काए। जितपछि लिभरपुल ४ खेलबाट ७ अंकका साथ पाँचौ स्थानमा उक्लेको छ। लेस्टरका लागि जेमी भार्डीले एक गोल फर्काए। गत वर्षको विजेता लेस्टरको जारी सिजन यो दोस्रो हार हो। ४ खेलबाट एक जित र एक बराबरी सहित ४ अंक मात्र जोडेको लेस्टर १५ औं स्थानमा छ।
कोरियन खेलाडी हेउङ मिन सनको २ गोल मद्धतमा टोटनहमले स्टोक सिटीलाई ४-० ले हरायो। स्टोक लाई उसैको मैदानमा पराजित गर्न टोटनहमका ह्यारी केन र डेले अली १/१ गोल गरे।
लिभरपुल र टोटनहमले सहज जित हात पारेको दिन आर्सनलले भने साउदह्याम्पटन माथि रोमाञ्चक जित हासिल गरेको छ । एक गोलले पछि परेको आर्सनलको लागि इन्जुरी टाइममा सान्टि काजोर्लाले पेनाल्टी मार्फत विजयी गोल गरे।
खेलको १८ औं मिनेटमा आर्सनलका गोलरक्षक पिटर चेककले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले एमिरेट्म मैदानमा अग्रता बनायो। तर २९ औं मिनेटमा लरेन्ट कोसिन्लेले बराबरी गोल फर्काए।
वाटफोर्डले पनि दुई गोलले पछि परेको स्थिती उल्टाउँदै वेष्टहमलाई ४-२ ले पराजित गर्यो। मिचेल एन्टोनियोले दुई गोल गर्दै वेष्टहमलाई २-० को अग्रता दिलाए। तर पहिलो हाफमै ओडियन इगालो र ट्र्रो डिनेले गोल गर्दै खेल बराबरी गरे।
दोस्रो हाफमा एटियने कापाउ र जोस हालेबासले गोल गर्दै वाटफोर्डलाई शानदार जित दिलाए।
प्रिमियर लिगकै अन्य खेलहरुमा क्रिस्टल प्यालेसले मिडल्स्ब्रोलाई २-१ ले एएफसी बर्नमाउथले वेष्टब्रोमिच अल्विओनलाई १-० ले हरायो। हल सिटी र बर्नलले भने १/१ गोलको बराबरी खेल्दै अंक बँँडेका छन्।
प्रिमियर लिग अन्तर्गत आज हुने एक मात्र खेलमा राती पौने ९ बजे स्वान्सी सिटीले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ। ३ खेलबाट शतप्रतिशत जित निकालेको चेल्सी ९ अंक सहित दोस्रो स्थानमा छ।
यस अघि चौथो चरणसम्म शतप्रतिसत नतिजा हात पार्ने क्रममा म्यानचेष्टर युनाइटेडलाई उसैको मैदानमा पराजित गरेको म्यानचेष्टर सिटी १२ अंक सहित शीर्ष स्थानमा कायमै छ।