PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

यी हुन् प्रचण्डको भारतका कार्यक्रम



पहिलोपोस्ट

यी हुन् प्रचण्डको भारतका कार्यक्रम

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो ३० गते भारतको औपचारिक भ्रमणका लागि जाँदैछन्। प्रचण्ड संविधान दिवसको ठिक अघिल्लो दिन असोज २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। भ्रमणको तयारीका लागि आजै परराष्ट्र मन्त्री प्रकाशशरण महत दिल्ली जाँदैछन्। 
 

कस्तो छ त प्रधानमन्त्री प्रचण्डको कार्यक्रम?

प्रधानमन्त्री प्रचण्ड ३० गते दिल्ली उत्रिए लगत्तै नेपाली दुतावासको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले दुतावासले निम्त्याएका आगन्तुकसँग अन्तरक्रिया गर्नेछन्। त्यस्तै विदेशी पाहुनाहरुसँग पनि छलफल गर्नेछन्। 
 
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायतसँग ३१ गते छलफल गर्नेछन्। सबै औपचारिक भेटघाट ३१ गते हुनेछ। 
 
प्रचण्ड १ गते भारतको हिमाञ्चल प्रदेश जाँदैछन्। उनले त्यहाँ हाइड्रो प्रोजेक्टको अवलोकन गर्नेछन्। 

२ गते साँझ स्वेदश फर्कनु अघि प्रचण्डले पतञ्जली योगपिठको भ्रमण गर्नेछन्। योगपिठको जडिबुटी फ्याक्ट्री अवलोकन गर्ने कार्यक्रम प्रधानमन्त्रीको छ। त्यस्तै उनले केही भेटघाट र अन्तर्क्रिया पनि गर्ने कार्यक्रम रहेको छ। 
 

के हुँदैछ भ्रमणमा?

प्रधानमन्त्री प्रचण्डका अनुसार नेपाल र भारबीच भएको उर्जा व्यापार सम्झौताको कार्यविधिमा हस्ताक्षर हुने सम्भावना रहेको छ। 

'पावर ट्रेड एग्रिमेन्ट पिटिए लागू गर्न केहि बाँकी छ,' प्रधानमन्त्रीले भने, 'यताबाट उता प्राइभेट कम्पनीलाई पनि बिजुली बेच्न सकिने सम्झौता हुनेछ।' 

उनले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्ध हार्दिक र सुदृढ बनाउनेमा केन्द्रित रहने बताए। भारत भ्रमण भन्ने बित्तिकै नेपालमा आशा र आशंका उत्पन्न हुने गरेको प्रचण्डले बताए। उनले भारत भ्रमणअघि सर्वदलीय छलफलको तयारीमा आफू रहेको उल्लेख गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell