काठमाडौं : भदौ ३० गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अजेण्डाका विषयमा छलफल गर्न आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा उपस्थित थिए।
सांसदहरुले नेपाल भारत सम्बन्धमा उत्पन्न शंका र अविश्वास हटाउन सुझाव दिइरहेका थिए। सीमा समस्या देखि जलश्रोत र चेलिबेटी बेचबिखनका विषय समेत सांसदको चासोमा थिए।
तर भ्रमणका जान लागेका प्रचण्डलाइ सांसद गीता वाग्लेले रमाइलो सुझाव दिइन्। उनको सुझावपछि कतिपय सांसदले टेबल ठोकेर समर्थन जनाए। अनि कतिपय सांसद हाँस्दै रमाइलो गरे।
वाग्लले खासमा प्रधानमन्त्री प्रचण्डलाइ सुरुवातमा फुर्क्याइन। उनले प्रचण्डलाइ खुट्ट नलडखडाइ भारत जान सुझाइन्। अनि उनको आफू प्रशंसक रहेको बताइन्।
अनि सुझाइन् - 'भारत भ्रमणमा जाँदा राष्ट्रिय पोशाक लगाएर जानुहोस्।'
सांसदहरुले टेबल ठोके अनि हाँसे। प्रचण्ड पनि सुझाव सुनेर मुस्कुराए।