PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​फिल्मको प्रचारमा चित्रकला प्रतिस्पर्धा



पहिलोपोस्ट

​फिल्मको प्रचारमा चित्रकला प्रतिस्पर्धा

काठमाडौं : भदौ ३१ गते प्रदर्शनमा आउने चलचित्र गाँठोले देशब्यापी चित्रकलाको अन्तिम तथा उपत्यका संस्करण सम्पन्न गरेको छ। फिल्म युनिटले पोखरा, बुटवल, चितवन, हेटौंडा, बिराटनगर, धरान, दमक लगायत १२ ठाउमा छुट्टाछुटै कम्पिटिसन गरिसकेको थियो भने शनिबार काठमाडौं संस्करण सम्पन्न गरेको हो।

कार्यक्रममा पुगेका चलचित्रका नायक नाजिर हुसैनले सहभागी प्रतियोगीहरुसँग बसेर पेन्टिङ गरेका थिए। चलचित्रको थिम सन्बन्धको गॉठोलाई नै प्रतियोगिताको विषय बनाइएको थियो।

काठमाडौं, भक्तपुर, ललितपुर जिल्लाका सहभागी भएको कम्पिटिसनमा खुल्ला, कलेज लेभल, तथा स्कुल लेभल गरी ४ सय ७८ कलाकारले भाग लिएका थिए। बरिष्ठ कलाकार दुर्गा बराल बात्सायन प्रमुख निर्णायक रहेको प्रतियोगितामा तिनै तहका उत्कृष्ट दश पेन्टिङलाई प्रदर्शनीमा राख्ने र यसका साथै उत्कृष्ट तीन पेन्टिङलाई प्रदर्शनमा राखिने बताइएको छ। नेपालभरबाट संकलन भएका मध्येबाट उत्कृष्ट प्रतियोगीलाई क्रमश ५० हजार, ३५ हजार र २५ हजार प्रदान गरिने छ।

सम्बन्धको कथा भन्ने चलचित्र गाँठोमा नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell