काठमाडौं : आइतबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको बानेश्वरमा रहेको बानेश्वर बहुमुखि क्याम्पस जाने तय थियो। क्याम्पसको रजत जयन्तिमा राष्ट्रपति भण्डारी प्रमुख अतिथि थिइन्।
शनिबारदेखि नै परेको वर्षाले राजधानीका सडक हिलाम्मे भइसकेका थिए। घाम लाग्दा घुलाम्मे र पानी पर्दा हिलाम्मे सडक राजधानीको नियती नै बनेको छ।
बानेश्वरको शान्तिनगर क्षेत्रको आसपासमा पर्ने क्याम्पस छिर्ने बाटो झनै हिलोले 'हरि विजोक' छ। अहिले दुई पाग्रे सवारी लिएर त्यहाँ पुग्न झनै हम्मेहम्मे पर्छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यक्रममा स्थलसम्म पुर्याउन आइतबार यस्तै बिजोक पर्यो।
राष्ट्रपति चढ्ने गाडी सुविधासम्पन्न र फोर ह्विल क्षमता भएकाले बानेश्वर क्याम्पसको अगाडि सजिलै पुग्यो। तर, सडकको हिलो दही झै भएकाले राष्ट्रपतिलाई हिलोमा टेकाउन मिलेन। त्यसैले सडकको हिलोमाथि नै रातो कार्पेट बिछ्याइयो। हिलोबाट सुरु भएको रातो कार्पेट मञ्चसम्मै तन्काइएको थियो। हेर्नुस् फोटा