PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

​सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपमा मोहन बमलाई स्वर्ण



पहिलोपोस्ट

​सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपमा मोहन बमलाई स्वर्ण

काठमाडौं : सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन्। 

अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन्। मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोश्रो पटक हो।

भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले ६० केजीमुनि तौलसमूहमा भने रजतमा चित्त बुझाए। 

कुल ९ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा मोहन फाइनलमा ब्रायन जोलीसँग पराजित भए। सोही स्पर्धामा अस्ट्रेलियामै बस्दै आएका अर्का नेपाली जुडो खेलाडी खेमबहादुर थापाले कास्य जिते।

मोहन र खेमले अर्को साता अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलियन अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने बताइएको छ।

फोटो : मोहनको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell