काठमाडौं : पचास मेगावाटको माथिल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाको परीक्षण उत्पादन भदौं २८ गतेबाट सुरु हुने भएको छ । सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गरेको यो जलविद्युत आयोजना निर्माण सकिइसको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार अपर मर्स्याङदी एको स्वीचयार्डसम्मको प्रसारणलाइनको काम सकिएको र भदौं २८ गतेदिख परीक्षण प्रसारणको काम सुरु गरिनेछ। सरकारको लगानीमा भुलभुले- मध्यर्स्याङदी १ सय ३२ केभी प्रसारण लाइन निर्माण भइसकेको र त्यो प्रसारणलाइनमा विजुली पठाउन सुरु हुने भएकोले सचेत रहन प्राधिकरणले सार्वजनिक अपिल समेत गरेको छ।
भुलभुलेस्थित अपर मर्स्याङदी एको स्वीचयार्डसम्मको प्रसारण लार्इनमा १ लाख ३२ हजार भोल्टको विद्युत प्रवाह गरिने भएकोले टावरहरुमा सावधानी अपनाउन आग्रह गर्दछौ, प्राधिकरणद्धारा जारी सूचनामा भनिएको छ, टावर लगायतका कुनै पनि खतरा संकेत जनाइएका वस्तु नछुन र बालबालिकालार्इ सचेत गराउन आग्रह गर्दछौ । यो आयोजनाबाट व्यवसायिक उत्पादन भने असोज १० गतेबाट सुरु हुनेछ ।
टनेल टेष्टदेखि स्वीच टेष्टसम्मका कामहरु भइसकेका छन् । प्राधिकरणका प्राविधिकहरुले समेत आयोजना हेरेर उत्पादन गर्न सकिने जानकारी दिइसकेका छन् । चीनका ५०० ठूला कम्पनीको सूचीमा ८८ औं नम्बरमा परेको सिनो हाइड्रो तथा नेपालको व्यवसायिक घराना चितवन कोइको लगानी रहेको यो परियोजना तोकिएको समय भन्दा अगाडी निर्माण भएको हो । यो परियोजनामा सिनो हाइड्रोको ९० प्रतिशत लगानी छ भने बाँकी १० प्रतिशत रकम चितवन कोइ समूहको छ। यो आयोजनाबाट २५ मेगावाट मात्रै विद्युत उत्पादन हुनेछ ।
मध्यमर्स्याङदीदेखि आबुँखैरेनी सवस्टेशनसम्मको प्रसारण लाइन १ सय ३२ केभिएको डबल सर्किटको छैन । यो डबल सर्किट बनाउने ठेक्का पाएको कम्पनीले समयमा नसकेकोले माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाबाट उत्पादन हुने ५० मेगावाट खेर जाने भएकोले सुरुवातमा २५ मेगावाट मात्रै उत्पादन गर्न लागेको हो ।
सिनो हाइड्रोकाअनुसार यो परियोजनाका लागि अब १६ अर्ब ४० करोडभन्दा बढी खर्च भएको छ । परियोजनामा ३० प्रतिशत स्वपुँजीबाट जुटाइएको छ भने बाँकी ७० प्रतिशत रकम ऋणबाट उठाइएको छ।चीनको सिनो हाइड्रो रिसोर्सेसको ९० प्रतिशत तथा नेपाली साझेदार सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी रहने गरी २०६९ माघमा माथिल्लो मस्याङ्दी ए जलविद्युत आयोजना सुरु भएको हो।विद्युत खरिद सम्झौतामा प्राधिकरणले आयोजना पूरा गर्नका लागि चार वर्षको समय दिएको थियो। तर चिनियाँ कम्पनी भने आयोजनाका लागि चार वर्ष होइन तीन वर्षमा सक्ने गरी युद्धस्तरमा काम गरिरहेको थियो।