PahiloPost

Mar 13, 2026 | २९ फागुन २०८२

'लत लग गइ...' कि गायिका शालमली नेपाल आउँदै



पहिलोपोस्ट

'लत लग गइ...' कि गायिका शालमली नेपाल आउँदै

काठमाडौं : भारतीय गायिका शालमली खोलगडे नेपाल आउने भएकी छिन्। गुड ह्युम्यान अर्गनाइजेसनको आयोजनामा हुन लागेको बलिउड लाइभ कन्सर्टका लागि उनी नेपाल आउन लाएकी हुन्।
 
कन्सर्टमा शालमलीसँगै नेपालका चर्चित संगीत कर्मीहरु रविन एण्ड द न्यु रोभुलेसन्स, काली प्रसाद बास्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती, सोमिया बाराइली लगायतको पनि प्रस्तुती रहनेछ।
 
कार्तिक २७ गते हुने लाइभ कन्सर्टलाई संचारकर्मी सन्दीप क्षेत्री र ओशिन सिटौलाले संचालन गर्नेछन्।
 
आयोजक दर्शक सुनारका अनुसार कन्सर्टबाट संकलित १५ प्रतिशत रकम भूकम्प पीडितका लागि खर्च हुनेछ। उनले भने, 'कार्यक्रमको मुख्य उद्देश्य मनोरञ्जन दिनुसँगै समाजिक कार्य गर्नु पनि हो।'
 
कार्यक्रमको केन्द्रमा रहेकी शालमलीले पछिल्लो समय दारु देसी, लत लगगइ, बलम पिचकारी, शुद्ध देशी रोमान्स, हे मिस्टर डिजे, बेसर्मीकी हाइट, बेबीको बेस पसन्द हे जस्ता हिट गीत गाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell