PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'बाहुबली हलिउडमै बन्नुपर्थ्यो'



पहिलोपोस्ट

'बाहुबली हलिउडमै बन्नुपर्थ्यो'

दक्षिण भारतीय फिल्म बाहुबलीले बक्स अफिसबाट पैशामात्र बटुलेन आफ्नो नाम विदेशमा पनि बलियो रुपमा राख्यो। अब यो फिल्म हलिउड विसेज दे ह्याड मेड (हलिउडमै बनेको चाहने) सूचीका १५ फिल्मभित्र समेटिएको छ। हलिउडको स्क्रिनरेन्टले बाहुबलीलाई हलिउडमै बन्नुपर्ने सूचीमा राखेको हो।

तामिल-तेलगु बहुभाषी फिल्म यो सूचीको १२ औं स्थानमा परेको छ। यसबारे लेखिएको छ, 'यो सूची हलिउडको शक्तिशाली प्रतिस्पर्धी तथा ठूलो लगानी हुने फिल्म उद्योग बलिउडलाई ठाउँ नदिइ पूरा हुनै सकेन। बलिउडमा वर्षमा १ हजार ५ सय फिल्म बन्छन्। भारतीय फिल्म कलरफुल र कल्पनशील हुने गर्छ। दक्षिण भारतीय निर्देशक एसएस राजमौलीले इतिहास र कल्पनाको इपिकका रुपमा बाहुबली बनाएका छन्। यो फिल्म कल्पनशीलताको एउटा बेजोड उत्पादन हो।'

यो सूचीमा विश्वका अन्य मुलुकका फिल्महरु पनि समेटिएका छन्। जस्तो थाइल्यान्डको सुपरहिट फिल्म वाङ व्याक, ब्राजिलको दी सिटी अफ गड, फ्रेन्च फिल्म अमेलिइ र जापानिज फिल्म रन यो सूचीमा छन्। बाहुबलीको दोस्रो श्रृंखला २०१७ मा रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell