काठमाडौं : वाइ वाइ एभरेस्ट प्रिमियर लिग (इपिएल) टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
जोहरा स्पोर्ट्स म्यानेजमेन्ट (जेडएसएम)को आयोजनामा हुन लागेको प्रतियोगितामा कुल ६ टीमको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्को नेतृत्वमा रहेको पारस खड्काको विशाल वारियर्स र बसन्त रेग्मीको नेतृत्वमा रहेको कान्तिपुर गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ। असोज ८ गते हुने खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगिता असोज १७ गतेसम्म सञ्चालन हुनेछ। लिग पछि शीर्ष दुईमा रहने टीमबीच फाइनल खेलाइनेछ।