PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

समातिए अमेरिकी पेडोफिल, होटलमा ल्याएर गर्थे यौन शोषण



पहिलोपोस्ट

काठमाडौं : अमेरिकी नागरिक केन्नेथ जोसेफ कोम्बस बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका छन्। ४८ वर्षीय उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्रेको हो।

बाल यौन दुराचारमा उनलाई सघाउने २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई शुक्रबार नै प्रहरीले ठमेलस्थित याम्बु होटलबाट पक्रेको थियो। त्यही होटलबाट ५ पीडित बालकको उद्दार समेत गरिएको थियो।

पटक पटक नेपाल आएका उनले सहयोगी मार्फत विभिन्न स्थानहरूबाट बालबालिका झिकाउने र प्रलोभनमा परी दुराचार तथा यौन शोषण समेत गर्ने गरेको प्रहरीको दावी छ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्धा अन्तर्गत म्याद लिइ थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell