
काठमाडौँ : मन्त्रिपरिषद्ले सरकारका १२ सचिवहरुको सरुवा गरेको छ। त्यस्तै भवन आचारसंहिता राजपत्रमा प्रकाशित गरी लागु गर्ने निर्णय समेत गरेको छ। सिंहदरबारमा बसेको बैठले राष्ट्रिय योजना आयोगमा तीन सदस्यको नियुक्ति र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजनीनामा स्वीकृत समेत गरेको छ। योजना आयोगमा डाक्टर स्वर्णीम वाग्ले, प्रभु बुढाथोकी र धिरेन्द्रमान प्रधानलाई नियुक्ती गरेको सकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।
कुन सचिव कहाँ?
- शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन,
- गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोग,
- शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण,
- श्रीधर सापकोटालाई आपूर्तिबाट रक्षा,
- लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकूदबाट श्रम तथा रोजगार,
- मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग,
- विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण,
- महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकूद,
- अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्ट्रको कार्यालय,
- धनबहादुर तामाङलाई जल तथा उर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात,
- भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र
- प्रेमकुमार राईलाई पर्यटनबाट आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ।