PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

निष्ठूरीले मागे : जनमतको जानकारी



पहिलोपोस्ट

काठमाडौँ : नेपाल पत्रकार महासङ्घका पूर्व सभापति विष्णु निष्ठुरीले संविधान निर्माणका क्रममा सबै निर्वाचन क्षेत्रबाट सङ्कलन गरिएको जनमतको विवरण माग गर्दै व्यवस्थापिका–संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन्।
     
पूर्व सभापति निष्ठुरीले आज संसद् सचिवालय सिंहदरबारमा संसद्का महासचिवलाई सम्बोधन गर्दै ‘जानकारी उपलब्ध गराइदिनु हुन’ भन्दै निवेदन दर्ता गराएका हुन्।
     
दोस्रो संविधानसभाले जनताका भावनालाई समेट्ने उद्देश्यले संविधानसभा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिबाट संविधानको विधेयकको पहिलो मस्यौदामा समेट्ने गरी ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रबाट सुझाव सङ्कलन गरिएको थियो।
     
जनताका प्राप्त राय सुझाव संविधानसभा कार्यविधि नियमावलीअनुसार संविधानको विधेयकको मस्यौदामा समावेश भए/नभएकाबारे जानकारी पाउनुपर्ने माग गर्दै उनले निवेदन दर्ता गराएका हुन्।
 
संसद्ले जनमत परिणामबारे आजसम्म पनि सार्वजनिक नगरेको हुँदा त्यसबारे थाहा पाउने अधिकार जनतालाई भएको पूर्व अध्यक्ष निष्ठुरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell