
डिएगो कोस्टाले दुई गोल गरेपनि चेल्सी प्रिमियर लिगको खेलमा स्वान्सी सिटीसँग बराबरीमा रोकिएको छ। स्वान्सीको घरेलु मैदानमा आइतबार भएको खेलमा चेल्सी र स्वान्सीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको १८ औं मिनेटमा कोस्टाले गोल गर्दै भ्रमणकारी चेल्सीलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोलले पछि परेको स्वान्सीले दोस्रो हाफमा उत्कुष्ट पुनरागमन गर्यो।
गिल्फी सिगुरसनले ५९ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल गरे। त्यसको ३ मिनेटपछि नै लेरोए फेरले गोल गर्दै स्वान्सीलाई २-१ को अग्रता दिलाउँदा चेल्सी दबबामा आयो। तर ८१ औं मिनेटमा कोस्टाले नै व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले खेल बराबरी गर्यो।
बराबरीपछि अपराजित चेल्सी ४ खेलबाट १० अंक सहित दोस्रो स्थनमा कायम छ। चौथो चरणको खेलसम्म शतप्रतिशत जित निकालेको म्यानचेष्टर सिटी १२ अंकसहित शीर्ष स्थानमा कायम छ।
स्वान्सी भनेर चार खेलबाट ४ अंक नै जोड्दै १३ औं स्थानमा छ।