PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

जोकोभिचलाई हराउँदै वावरिन्काले जिते ​युएस ओपनको उपाधि



पहिलोपोस्ट

जोकोभिचलाई हराउँदै वावरिन्काले जिते ​युएस ओपनको उपाधि

विश्व नम्वर वन नोभाक जोकोभिचलाई ३-१ को सेटमा पराजित गर्दै स्टान वावरिन्काले वर्षको अन्तिम ग्राण्डसलाम टेनिस युएस ओपनको उपाधि जितेका छन्। 

न्युयोर्कमा भएको फाइनलमा वावरिन्काले डिफेन्डिङ च्याम्पियन समेत रहेका जोकोभिचलाई ६-७, ६-४ ७-५ र ६-३ को सेटमा पराजित गरे।

३१ वर्षे स्वीस खेलाडी वावरिन्काले यो तेस्रो ग्राण्डसलाम उपाधि हो। यसअघि उनले सन् २०१४ मा अष्ट्रेलियन ओपन तथा २०१५ मा जोकोभिचलाई नै हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका थिए।

जितपछि तेस्रो वरीयताका वावरिन्काले आफु उपाधि जित्ने लक्ष्य सहित न्युयोर्क नपुगेको र उपाधि जित्नु अठौठो भएको बताए। 
'यो अनौठो भयो। म यहाँ उपाधि जित्ने लष्यसहित आएकै थिइन, तर खेल जित्ने प्रयासका साथ कोर्टमा प्रवेश गर्थे।'

यो हारसँगै जोकोभिचले २१ ग्राण्डसलाम फाइनल खेल्दा ९ मा पराजय बेहोरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell