
स्पानिस ला लिगामा भ्यालेन्सियाले लगातार तेस्रो हार बेहोर्दा एथ्लेटिक विल्वाओले पहिलो जित हात पारेको छ।
तेस्रो चरणको खेल अन्तर्गत गएराती भएको खेलमा दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको भ्यालेन्सिया रियल बेटिससँग ३-२ ले पराजित भयो।
एक खेलाडीको कमी र २ गोलले पछि परेको अवस्थामा पनि भ्यालेन्सियाले उत्कृष्ट पुनरागमन गर्दै २-२ को बराबरी गरेको थियो। तर खेलको अन्तिम समयमा रुवेन क्यास्ट्रोले गोल गर्दै बेटिसलाई पहिलो जित दिलाए।
यसअघि क्यास्ट्रोकै गोलमा बेटिसले अग्रता लिएको थियो। इन्धो पेरेजले सिधै रातो कार्ठको सामना गरेपछि दश खेलाडीमा झरेको भ्यालेनिसया विरुद्ध जोएक्विनले गोल गर्दै बेटिसको अग्रता दोबबर पारेका हुन्।
त्यसपछि रोड्रिगो र एजेक्वेल ग्रेएले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्याए। तर अन्तिम क्यास्ट्रोले गोल गरेपछि बेटिस ३-२ ले विजयी हुँदै ३ अंक जोड्न सफल भयो।
यता एथ्लेटिक विल्वाओले डेपोर्टिभा ला कुरानालाई हराउँदै ला लिगामा पहिलो जित आत्मसाथ गरेको छ। विल्वाओलाई महत्वपूर्ण ३ अंक दिलाउन राउल गार्सियाले निर्णायक गोल गरे।
ला लिगाकै अन्य खेलमा आइबर र स्पोर्टिङ गिहोन विजयी भएका छन्। आइबरले ग्रानाडा र स्पोर्टिङ गिहोनले लेगानेसलाई समान २-१ गोल अन्तरले हरायो।
स्पोर्टिङ गिहोन र आइबरको यो दोस्रो जित हो। अपराजित रहेको गिहोन ३ खेलबाट ७ अंक सहित तेस्रो स्थानमा छ। ३ खेलबाट ६ अंक जोडेको आइबर छैटौ स्थानमा छ।
यसअघि एक खेलमा जित र एकमा बराबरी गरेको नवप्रवेशी लेगोनसको भने जारी सिजन यो पहिलो हार हो।