PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

मनसुन अझै १५ दिन बाँकी, बुधबारसम्म पानी पर्ने



पहिलोपोस्ट

मनसुन अझै १५ दिन बाँकी, बुधबारसम्म पानी पर्ने

काठमाडौँ : उपत्यका लगायत देशभर मौसम बदली भई बुधवारसम्म झरी पर्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पूर्व र मध्य भागमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौमा दिउँसो बर्षात केहि कम भएपनि राति पुन बर्षा हुनेछ।

पौडेलले  भने – 'मनसुन समय अझै १५ दिन जति बाकी रहेकाले केहि दिन सुख्खा रहेको मनसुन फेरि सक्रिय भएको हो।'

न्युन चापिय क्षेत्र बंगालको खाडीबाट सर्दै हाम्रो क्षेत्रमा आएकाले बर्षा भएको उनले बताए।

आज विहान काठमाडौमा ६७ मिलिमिटर बर्षा भएको छ । धनकुटामा २३ मिलिमिटर, ताप्लेजुङमा ५८ मिलिमिटर, विराटनगरमा ८ मिलिमिटर, धनगडीमा १८ मिलिमिटर, नेपालगञ्जमा २७ मिलिमिटर बर्षा भएको छ। सामान्यतया मनसुन समय सेप्टेम्वर २३ सम्म चल्ने गरको छ।

तर यसपटक भने मनुसुन केहि लामो समय सक्रिय रहने महाशाखाले जनाएको छ। बर्षाका कारण राजधानी लगायत देशभरको मौसम प्रभावित भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell