PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बिहान उठ्दा हराएका पुनको शव खोलामा फेला



पहिलोपोस्ट

लिवाङ (रोल्पा) : कोर्चावाङ–५ निम्रीका ४१ वर्षीय कृतिमान पुनको शव जंकोट–१ माडीचौरमा फेला परेको छ।
 
करिब तीन वर्ष पहिलोदेखि मानसिक रुपमा अस्वस्थ भएका पुन केही हप्तायता बिरामी थिए। सँगै सुतेका पति बिहान उठ्दा कोठामा नदेखेपछि श्रीमती पूर्णकुमारी र परिवारले खोजी  गर्दा उनी मृत अवस्थामा फेला परेका हुन्। 
 
श्रीमती निदाएको अवस्थामा मध्यरातमा घरबाट निस्किएका पुनको घरदेखि करिब चार किलोमिटर टाढाको खोलामा शव फेला परेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell