PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बस्तीमाथिबाट प​हिरो खसेपछि पाँच घर विस्थापित, लघु जलविद्युत् समेत अवरुद्ध



पहिलोपोस्ट

फलेवास (पर्वत) : अविरल वर्षाका कारण बस्तीभन्दा माथिबाट आएको पहिरोमा परी पाँच घर विस्थापित बनेका छन्।
 
उत्तरी पर्वतको भुकताङ्ले गाविस–७ स्थित मिदुका पाँच घर विस्थापित बनेका हुन्। तिलिबराङको पहाडबाट पहिरो खस्दा स्थानीय दुर्गाबहादुर छन्त्याल, रसबहादुर छन्त्याल, तीर्थबहादुर विक, इन्द्रबहादुर छन्त्याल र चित्रप्रसाद भुसालको घरमा क्षति पुगेको हो। उनीहरू अहिले आफन्तकोमा शरण लिएर बसिरहेको स्थानीय महानबहादुर गुरुङले जानकारी दिनुभयो ।
 
उनीहरूले आफूहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था गरिदिन पनि आग्रह गरेका छन्। सोही पहिरोका कारण बस्ती नजिकै रहेको करायटोलको खानेपानी योजना पूर्णरुपमा अवरुद्ध बनेको छ।
 
पहिरोका कारण भुकताङ्ले गाविस–८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघजलविद्युत् आयोजनाको नहर भत्किदा विद्युत् उत्पादन बन्द भएको छ। विद्युत् बन्द हुँदा स्थानीय विगत पाँच दिनदेखि अन्धकारमा बस्नुपरेको बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell