PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

ताप्लेजुङ-पाँचथर सडक खण्डमा पहिरो खस्यो, मेची राजमार्ग अवरुद्ध



पहिलोपोस्ट

ताप्लेजुङ : मनसुन सक्रिय भएपछि ठाउँठाउँमा पहिरो र बाढीले समस्या बल्झिएको छ।
 
अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ।
 
गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि एस्काभेटर मेसिनको सहायताले सात दिनपछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरो पाँचथर-ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो।
 
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको स्थानीय रुपनारायण भट्टराईले जानकारी दिए छ।
 
पहिरोले सडक अवरुद्ध बने पछि पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र जिल्लामा भित्रने सवारीसाधन बीच बाटोमै रोकिएपछि सयौँ यात्रु अलपत्र परेका छन्।
 
गएरातिदेखि नै परेको वर्षा अझै जारी रहेकाले र पहिरो समेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ। वर्षा रोकिएमा छोटो समयमा नै बाटो खुलाउन सकिने र वरपरका केही क्षेत्रमा भने अहिले पनि पन्छाउने कार्य जारी रहेको कार्यालयका फिल्ड सुपरभाइजर नवीन उप्रेतीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell