PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गैंडाका दुई टुहुरा बच्चाको उद्धार, थालियो उपचार



पहिलोपोस्ट

चितवन : चितवन राष्ट्रिय निकुञ्जले अन्य जनावरबाट आक्रमणमा परी अलपत्र अवस्थामा रहेका दुई वटा गैँडाका बच्चालाई उद्धार गरी उपचार थालेको छ।
 
निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार मेघौलीबाट अन्दाजी आठ महिनाको र अमलटारीबाट एक महिनाको भाले बच्चालाई उद्धार गरी उपचार थालिएको हो। दुवै बच्चालाई निकुञ्जको सौराहामा राखेर उपचार गरिएको छ।
 
मेघौलीमा उद्धार गरिएका गैँडाका बच्चालाई बाघले आक्रमण गरेको अनुमान गरिएको छ। निकुञ्जका भेटेरीनरी डाक्टर कमल गैरेका अनुसार ती बच्चाको अगाडिको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा घाउ छ। दूध खुवाउन नसकिए पनि घाँस राम्रोसँग खाने हुँदा समस्या नपरेको उनले बताए। ती बच्चा साउन २४ गते मेघौली सेराई होटलमा करेन्ट लागेर मरेको गैँडाको बच्चा हुन सक्ने बोटेहरुले बताएको डा गैरेको भनाइ छ।
 
अमलटारीबाट उद्धार गरिएका बच्चाको पछाडिको खुट्टामा गोहीले टोकेको उनले बताए। नदीले बगाएर आमा र बच्चालाई दुईतर्फ बनाएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ। अलपत्र देखेपछि दुई/तीन दिन हेर्दासमेत आमा नभेटिएपछि बच्चालाई उद्धार गरिएको सहायक संरक्षण अधिकृत अर्यालले बताए। रासस (यसअघि पोस्ट भएको समाचारमा असावधानीवश हात्तीको बच्चाको फोटो पर्न गएकोमा क्षमाप्रार्थी छौं)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell