PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

दुई वर्षदेखि बेपत्ता मलेसियाली जेटको भग्नावशेष फेला पर्‍यो, अस्ट्रेलियामा अनुसन्धान सुरु



पहिलोपोस्ट

दुई वर्षदेखि बेपत्ता मलेसियाली जेटको भग्नावशेष फेला पर्‍यो, अस्ट्रेलियामा अनुसन्धान सुरु

क्यानबेर्रा : आगोले डढेर झुर्रिएको एक टुक्रा विमानको भग्नावशेष अनुसन्धानका लागि अस्ट्रेलिया ल्याइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
 
उक्त भग्नावशेष मलेसियाली जेट विमान बोइङ ७७७ को एउटा अङ्ग भएको अनुमान गरिएको छ। उक्त मलेसियाली विमान दुई वर्षअघि ८ मार्च २०१४ का दिन मध्यरातमा एमएच ३७० अन्तर्गत २३९ जना यात्रु बोकी क्वालालम्पुरबाट चीनको बेइजिङ्गका लागि प्रस्थान गरेको थियो।
 
आजसम्म हराइरहेको उक्त विमानका भग्नावशेषमध्ये १३ वटा टुक्रा अस्ट्रेलियाका एक सौखिन अनुसन्धाता ब्लेन गिब्सनले आफ्नै पहलमा फेला पारेर क्यानबेर्रा पुर्‍याएका हुन्।
 
अनुसन्धानपछि ती भग्नावशेष टुक्रा मलेसियाली विमान कै हुन् भन्ने पुष्टि भएको खण्डमा सो विमान दुर्घटनाबारे आजसम्म पत्ता नलागेको दुर्लभ रहस्य खुल्ने विश्वास गिब्सनले लिएका छन्।
 
एउटा अस्ट्रेलियाली सञ्चारमाध्यम सेभेन नेटवर्कलाई अनुसन्धाता गिब्सनले बताएअनुसार आगोले डढाएर झिल्सिएका दागहरु हाल फेलापरेका सबै भग्नावशेष टुक्राहरुमा भेटिनाले विमानको कार्गो राख्ने खण्ड मात्र आगोले भेट्टाएको हो वा सम्पूर्ण विमान नै आगलागीमा परेको हो सो भने अनुसन्धानपछि ज्ञात हुने अनुमान गरिएको छ।
 
अस्ट्रेलियाली यातायात सुरक्षा केन्द्र (दि अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टि ब्युरो) ले उक्त भग्नावशेष टुक्राहरु सूक्ष्म अनुसन्धान गर्ने जिम्मा लिएको छ। भग्नावशेष अनुसन्धानका लागि ब्युरोले मलेसियाली हवाई विभागका अधिकारीसँग सहमति र थप सूचना र जानकारी माग गरेका छन्।
 
ब्युरोले मलेसियाली प्रतिनिधिलाई पनि बोलाएका र उसबाट उत्पन्न हुने विश्लेषण तथा परिणामप्रति मलेसियाली अधिकारीहरु जिम्मेदार रहने सर्तमा मात्र अनुसन्धान सुरु गर्ने समेत ब्युरोका प्रवक्ताले स्थानीय न्युज कर्प सञ्चार माध्यमलाई बताए। सिन्ह्वा/ विमानको फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell