PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

यस्तो छ, नेपथ्यको नयाँ गीत- हो रामा रामा



पहिलोपोस्ट

यस्तो छ, नेपथ्यको नयाँ गीत- हो रामा रामा

काठमाडौं : ‘कोसीको पानी’बाट पछिल्लो समय चर्चा कमाएको नेपथ्यले आगामी अल्बममा समेटिने अर्को नयाँ गीत ‘हो रामा रामा’सार्वजनिक गरेको छ।
 
नेपथ्यले लाइभ कन्सर्टहरुमा यो गीतलाई भने दुई वर्षदेखि सुनाउँदै आएको छ। ब्याण्डले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत भने यसलाई पहिलोपटक सार्वजनिक गर्न लागेको हो।
 
सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सोलमा यो गीत पहिलोपटक गाइएको थियो। र, यसको भिडियोलाई सोलमै प्रदर्शनका निम्ति जानै लागेको बेला नेपथ्यले आम दर्शकका निम्ति युट्युबमार्फत सार्वजनिक गर्दैछ।
 
२०१६ सेप्टेम्बर १५ मा नेपथ्यको प्रस्तुति सोलमा हुने भएको छ। त्यहाँस्थित प्रसिद्ध केबिएस (कोरियन ब्रोडकास्टिङ सिस्टम) एरेनामा ब्याण्डले नेपाली लोकभाकामा आधारित रक गीतहरु घन्काउनेछ।
 
सोलबाहेक यो गीतलाई ब्याण्डले दोहा, बैंग्लोर, नेपालगन्ज, पर्थ, सिड्नी, ब्रिस्बेन, डार्बिन, दुबई, नारायणघाट, ललितपुर, लण्डन, न्युयोर्क, एटलान्टा, ह्याम्बर्ग र भर्खरै पछिल्लोपटक कोपनहेगनमा समेत गाएर सुनाइसकेको छ।
 
'भिडियोको टिजरमा उल्लेख गरिएजस्तै यो गीत थुप्रै सहरहरुमा प्रस्तुत गरेर नेपथ्यले परिक्षण गरिसकेको छ र अब विश्वभरिका श्रोताका निम्ति एकैपटक सार्वजनिक हुँदैछ,’ नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ती सबै स्थानमा गीत गाउँदा दर्शकले जनाएको प्रतिक्रियालाई यस भिडियोमा समेटेर यो गीतसँगै दर्शकले माहोल कसरी तताउँदै आएका छन् भन्ने देखाउन खोजिएको छ।'
 
'हो रामा रामा'लाई नेपथ्यले नै झण्डै १० वर्षअघि लेखन तथा संगीत दिने काम गरेको हो। सामान्य वर्णन शैलीबाट मनमुटु रमाउने हिसाबले यो गीत तयार पारिएको हो। रेकर्डिङको सूचीमा रहेर पनि यसअघिको अल्बममा यो गीत समेटिन सकेको थिएन। नेपथ्यका अधिकांश गीतजस्तै यो गीत, लोकधुनको आभास मिल्ने गरेर तयार पारिएको छ। नेपथ्य टोलीका मुख्य गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाका यो गीतको आधारभूमि हो।

यस्तो छ गीत-

हो रामा रामा, हो रामा रामा
हाइ माया हाँसी दिँदा
देब्रे गालामा डिम्पल बसने
हो रामा रामा, हो रामा रामा
 
हाइ माया हिउँचुली र वरचुली
सरमाइ लजाउने
हो रामा रामा, हो रामा रामा
 
तिम्रो बयान संसारै चल्यो
भेटघाट भावीले जुर्‍यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलाई सत्य मरिजाउँ
हो रामा रामा, हो रामा रामा
 
हो रामा रामा, हो रामा रामा
हाइ माया रातो टीका रातै लाछा
शिरमै मोहनि
हो रामा रामा, हो रामा रामा
 
हाइ माया आँखासामु जे गरे नि
हिस्सी छाइरहने
हो रामा रामा, हो रामा रामा
 
तिम्रो बयान संसार चल्यो
भेटघाट भावीले जुर्‍यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलार्ई सत्य मरिजाउँ
हो रामा रामा, हो रामा रामा
 
हो रामा रामा, हो रामा रामा
हाइ माया जुनको छायाँ
लाउन माया मनकै तिर्सना
हो रामा रामा, हो रामा रामा
हाइ माया क्या मिल्दो जोडी
च्याट्टैमा पर्‍यो इश्वरकै वरदान
हो रामा रामा, हो रामा रामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell