PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

'एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव' कात्तिकमा हुने



पहिलोपोस्ट

'एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव' कात्तिकमा हुने

काठमाडौं : 'एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव' आउँदो कात्तिक २६, २७ र २८ गते काठमाडौंको कुमारी सिनेमा हलमा हुने भएको छ।
 
कथाहरुको विश्लेषण, प्रदर्शनी र अन्तरक्रिया गर्ने उदेश्यले आयोजित महोत्सवको यो चौथो संस्करण हो। चलचित्रकर्मीले यहाँ ३० मिनेटभन्दा कम समयका कथानक चलचित्र, वृत्तचित्र या एनिमेशन चलचित्र देखाउन पाउनेछन्। लघु चलचित्रहरु सन् २०१४ पछि बनेका तथा नेपालमा पहिलोपटक प्रदर्शनी गरिएको हुनुपर्ने मापदण्ड आयोजकले तोकेको छ। 
 
एकादेशमाको पछिल्लो तीन संस्करणमा ६० भन्दा बढी देशका १४० वटा लघुचलचित्र प्रदर्शन भएका थिए। चलचित्रको प्रदर्शनी बाहेक महोत्सवमा नेपाली तथा अन्तर्राष्ट्रिय सिनेमाका विभिन्न पाटोमा संलाप तथा अन्तरक्रिया पनि हुने गरेको छ। गतवर्ष भने भूकम्पका कारण महोत्सव हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell