PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​अमेरिकीको बाल यौन दुराचार : पैसाको लोभमा यसरी फसाउँथे



सविन ढकाल

​अमेरिकीको बाल यौन दुराचार : पैसाको लोभमा यसरी फसाउँथे

काठमाडौँ :  अमेरिकी नागरिक केनेथ जोसेफ कोम्बस भदौ ७ गते नेपाल उत्रिएका थिए। उनी आफूलाई एप्स डिजाइनरका रुपमा चिनाउँथे। उनको यो पहिलो नेपाल भ्रमण भने थिएन। भ्रमण भिसामा उनी यसअघि पनि पटक-पटक नेपाल आइसकेका थिए। 

नेपालमा रहेका उनका सहयोगी ‘लुच्चे’ भन्ने बुद्ध पुतवारले देखाएका केही दृष्यले नै उनको नेपाल आउने चाहनालाई बढाएको थियो। पुतवारले विभिन्न सामाजिक सञ्जालमार्फत् कोम्बसलाई पठाएका दृश्य नेपालका मनोरम हिमाल, रंगीचंगी चराचुरुङ्गी र वन्यजन्तु भने पक्कै थिएन। ती थिए- बालकका यौन दुराचारका भिडियोहरु। उनले पठाएका बालकहरुको दृश्यबाट लोभिएर नै केनेथ नेपाल आएका थिए। 

४८ वर्षीय केनेथले नेपाल आउने बित्तिकै पुतवारलाई सम्पर्क गरे। पुतवारले यौन कर्मका लागि भनेर नै विभिन्न जिल्लाबाट निम्न वर्गीय परिवारका बालकहरुलाई विभिन्न प्रलोभनमा पारी काठमाडौँको स्वयम्भूमा ल्याएर राखिसकेका थिए।  

बालबालिकाहरुको यौन दुराचार गरेर सन्तुष्टि लिने ‘पेडोफिल’ केनेथ यही कामका लागि पटक पटक नेपाल आउने गरेको अनुसन्धानले देखाएको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसपी दिवेश लोहनीले पहिलोपोस्टलाई बताए। 

भदौ २४ गते ब्युरोले ठमेलको होटल याम्बुको कोठामा तीन बालकसहित उनलाई रङ्गे हात पक्राउ गरेको थियो। लोहनीका उनुसार प्रहरी पुग्दा कोठामा उनी  र बालकहरु नाङ्गै थिए। 

एक पटक उनीसँग यौन दुराचार गरेवापत् १ हजारदेखि २ हजार रुपैयाँसम्म दिने गरेको उद्दार गरिएका बालकहरुले बताएको एसपी लोहनीले जानकारी दिए। बालक उपलव्ध गराउने एजेन्ट पुतवारले कति कमिसन लिन्थे, त्यो भने खुल्न सकेको छैन। 

पक्राउ गरे लगतै प्रहरीले केनेथको प्रोफाइल सर्च गर्न खोज्यो। प्रहरीले अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार उनी पेडोफिल सोसाइटीका सदस्य हुन्। अमेरिकी प्रहरीमा पनि उनको यौन दुराचारको रेकर्ड रहेको खुल्न आएको छ। लुच्चे भन्ने बुद्ध पुतवारले उनलाई मात्र होइन अन्य विदेशी नागरिकलाई पनि बालकहरुसँग यौन दुराचार गर्नको लागि नेपाल बोलाउने गरेको खुल्न आएको छ। 

उनले अमेरिका, फ्रान्स लगायतका मुलुकबाट विदेशीलाई भिडियो पठाएर मन परेको बालकसँग समय बिताउन बोलाउने गरेको अनुसन्धानले देखाएको छ। 

काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत म्याद लिई प्रहरीले उनीबारे थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell