PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

जापानमा नेपाली युवतीले गरिन् आत्महत्या



पहिलोपोस्ट

जापान : अध्ययनको लागि जापान आएकी एक नेपाली किशोरी झुण्डिएको अवस्थामा सोमवार बिहान फेला परेकी छिन्।
 
कास्कीको पोखरा घर भएकी टिना गुरुङले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै जापानी मिडियाहरुले जनाएका छन्।

दुई वर्षअघि जापानिज भाषा अध्ययनको लागि आएकी टिना हाल क्यूसू किताक्यूसुमा जापानी भाषा पढ्दै थिइन्। उनको पढाइ सकिन तीन महिना मात्र बाँकी रहेको र विद्यालयको शुल्क सबै तिरिसकेको टिना अध्ययनरत विद्यालयले बताइएको छ।

विद्यालयको होस्टल रहे पनि कोठा लिएर छुट्टै बसेकी विद्यालयको भनाइ छ। हाल परिचय नखुलाइएका युवकलाई जापानी प्रहरीले अनुसन्धानको लागि समातेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell