कैलाली : नेपाल-भारत सिमानाबाट प्रहरीले ९ एमएम क्यालिभरको १८ राउन्ड गोली बरामद गरेको छ।
क्षेत्रीय अनुसन्धान समूह (RIT) को प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ र्बैयाबेहडीस्थित नेपाल-भारत सीमाबाट सो परिमाणको विस्फोटक पदार्थ बरामद गरेको हो।
प्रहरी पुग्नासाथ १८ वर्षीय शंकास्पद एक युवक १ केजी चिनीको थैली फालेर भारतीय भूमितर्फ भागेका थिए। उक्त थैली चेक गर्दा प्रहरीले चिनीभित्र ढाका कपडामा बेरी राखेको अवस्थामा उक्त गोली बरामद गरेको हो। ती युवक फरार छन्।