बैतडी : चक्कु प्रहारबाट दार्चुलामा आज एक युवक गम्भीर घाइते भएका छन्। चक्कु प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कुँवर चक्कु प्रहरबाट घाइते भएका हुन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पताल स्रोतले जनाएको छ।
अपी नगरपालिका–५ छापरीको कोटमा डेउडा खेलिरहेका बेला आज बिहान ३ बजेतिर दुई समूहबीच झडप भएको थियो।
घटना संलग्न भएको आरोपमा अपी नगरपलिका–४ दहका २७ वर्षीय धीरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाउँकै १६ वर्षीय उमेश कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए। रासस