PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

परराष्ट्र मन्त्री महतले भेटे भारतीय विदेश मन्त्री स्वराजलाई



पहिलोपोस्ट

परराष्ट्र मन्त्री महतले भेटे भारतीय विदेश मन्त्री स्वराजलाई

काठमाडौँ : भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा प्रकाशशरण महत र भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वतयारीका लागि नयाँदिल्ली पुगेका मन्त्री महत र विदेश मन्त्री स्वराजबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
 
भेटमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला हुने भनिएका सम्झौता र छलफलका बारेमा द्विपक्षीय कुराकानी भएको छ।
 
मन्त्री महत विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार भारत गएका हुन्। उनी राजनीतिक भेटघाट सकेर भोलि स्वदेश फर्किनेछन्।
 
प्रधानमन्त्री दाहाल भारत सरकारको निमन्त्रणामा यही भदौ ३० गतेदेखि भारत भ्रमण जाने निर्णय भइसकेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell