PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

बेरोजगारलाई खुसीको खबर, काठमाडौं महानगरपालिकाले माग्यो एकै पटक ७० अधिकृत



पहिलोपोस्ट

बेरोजगारलाई खुसीको खबर, काठमाडौं महानगरपालिकाले माग्यो एकै पटक ७० अधिकृत

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ७० कर्मचारी माग गरेको छ।
 
महानगरपालिकाले आवश्यक अधिकृत कर्मचारीको विवरण आजको गोरखापत्र दैनिकमा विज्ञापन गरेको छ। महानगरले माग गरेका ७० अधिकृतमध्ये ५६ जना अधिकृत प्रशासनतर्फका छन्। लेखा समूहबाट एक जना छन् भने राजस्व समूहबाट ३ जना छन्। त्यसबाहेक १० जना प्राविधिकतर्फका छन्। 
 
प्रशासनतर्फका ५६ अधिकृत मध्ये ३० जना खुल्ला प्रतिस्पर्धाका लागि छन् भने बाँकी समावेशी कोटाबाट छन्। समावेशी कोटामा महिला ८, आदिवासी जनजाति ७, मधेसी ६, दलित २, अपांग २ र पिछडिएको क्षेत्रबाट एक जना छन्।
 
लेखा समूहतर्फ लेखा अधिकृत एक जना छन् भने बाँकी २ जना राजस्वतर्फ छन्। प्राविधिकतर्फ ४ जना सिभिल इन्जिनियर, एक जना आर्किटेक, एक जना कम्प्युटर इन्जिनियर, २ जना कम्प्युटर प्रोग्राम अधिकृत, २ जना कम्प्युटर अधिकृत, एक जना स्टक्चरल इन्जिनियर र एक जना कम्प्युटर अधिकृत छन्। 
 
परीक्षामा सहभागी हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर हद तोकिएको छ। महिलाको हकमा भने ४० वर्ष उमेर हद तोकिएको छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद राखिएको छ।
 
दरखास्तका लागि एक हजार दस्तुर तोकिएको छ भने समावेशी कोटामा पनि भर्न चाहनेका लागि थप २ सयका दरले दस्तुर लाग्ने महानगरपालिका पद्पूर्ति समितिको सचिवालयले जनाएको छ।
 
आज प्रकाशित विज्ञापन अनुसार फारम भर्ने मिति असोज २६ सम्म तोकिएको छ। दोब्बर दस्तुरमा थप सात दिनसम्म इच्छुक व्यक्तिले फारम भर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell