PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

१९ फोटोमा हेर्नुस् कृष्ण र अर्जुनसित पश्चिमी शैलीको ओपेराको फ्युजन

१९ फोटोमा हेर्नुस् कृष्ण र अर्जुनसित पश्चिमी शैलीको ओपेराको फ्युजन

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : पाण्डव र कौरवबीच युद्ध भइरहेको हुन्छ। मर्ने र मारिने दुवैतिर आफन्त नै आफन्त देखेपछि अर्जुन विचलित हुन्छन्। एक प्रमुख योद्धाको द्विविधाका कारण महाभारत युद्ध अन्यौलमा पर्छ। तब भगवान श्रीकृष्णले अर्जुनलाई सब कुरा अनित्य रहेको पाठ पढाउँछन्। भगवद् गीताको पाठ। अनि बल्ल अर्जुन युद्धका लागि तयार हुन्छ। 

महाभारतको यो प्रसंग नयाँ होइन। तर पाटनको कृष्ण मन्दिर अघिल्तिर रहेको पाटन दरबारभित्रको चोकमा आइतबार त्यही दृश्यको नाट्यकरण हुँदा नयाँ विषय प्रशस्तै थिए। 

त्यसो त हरेक वर्ष कृष्ण मन्दिर नजिकैको डबलीमा कात्तिक नाचका रुपमा कृष्णको नृत्य यहाँका बासिन्दाका लागि नयाँ होइन। पाटन दरबारको सेटमा भने भव्य लाइटिङ र म्युजिकसँगै थियो वेस्टर्न स्टाइलको ओपेरा। 

पूर्वी शास्त्रीय संगीत र पश्चिमी शास्त्रीय संगीतमा अमेरिकन ज्याजको यो सांस्कृतिक फ्युजनलाई नेपाली, अमेरिकी, भारतीय, नेदरल्यान्डस, स्पेन, इंगल्यान्ड लगायतका कलाकारका साथ वन वर्ल्ड थियटरले एसियन प्रिमियरका रुपमा गत भदौ १७ गतेदेखि प्रदर्शन गरिरहेको थियो। आइतबार प्रदर्शनको अन्तिम दिन सिमसिम पानीलाई बेवास्ता गर्दै संगीतप्रेमीहरु पाटन दरबारको चोकमा झुम्मिएका थिए जसमा एक बलिउड अभिनेत्री मनीषा कोइराला पनि थिइन्। 

अमेरिकन कम्पोजर डगलस कुओमोको अर्जुन्स डिलेमा शीर्षकको यो कन्टेम्पोररी म्युजिकल ड्रामामा अमित चटर्जीको पूर्वीय शास्त्रीय संगीत र भगवत गीत र कबिरको कविता समावेश गरिएको थियो। यो नेपालमा प्रस्तुत गरिएको पहिलो वेस्टर्न स्टाइलको ओपेरा भएको दावी आयोजकले गरेको छ। 

यसमा कृष्णको भूमिकामा नेपाली कलाकार राजकुमार पुडासैनी रहेका थिए भने सलिल सुवेदी अर्जुनको भूमिकामा छन्। अर्जुनको गान्डिव धनुषको भूमिकामा पर्सियन ब्यालेरिना एलिज बायन्निक छिन्। 

गीताको सन्देशलाई फ्युजन गर्ने क्रममा नाटकको एक दृश्यमा नेपालमा गएको भूकम्पको स्मरणसमेत गरिएको छ। भूकम्पमा घाइते भएका र आफन्त गुमाएकालाई गीताको सन्देशमार्फत् मल्हम लगाउन खोजिएको छ। 


 


ट्रेन्डिङ पोस्ट

Ncell