काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सञ्चालन गरेको अपरेसन क्वाक अन्तरगत थप दुई जना नक्कली चिकित्सकलाई पक्राउ परेका छन्।
ब्युरोले स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ घर भएका बालकृष्ण अर्याल र धनुषाका सञ्जीवकुमार शाहलाई पक्राउ गरेको हो। अर्याल काठमाडौंको बाँसबारी र शाह सानो भर्याङबाट पक्राउ परेका हुन्।
अर्याल मिड इष्ट पोलिक्निक युएई र शाह जनसेवा डेण्टल हस्पिटल पथरी मोरङमा कार्यरत थिए। दुवैले भारतबाट प्रमाणपत्र पेस गरी चिकित्सकको रुपमा काम गरेको प्रहरीको भनाइ छ।