PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

'ह्याप्पी डेज' मनाउने तयारीमा दयाहाङ र प्रियंका



पहिलोपोस्ट

'ह्याप्पी डेज' मनाउने तयारीमा दयाहाङ र प्रियंका

काठमाडौं : चाम्स इन्टरटेनमेन्टको ब्यानरमा ‘ह्याप्पी डेज’ नामक फिल्म बन्ने भएको छ।
 
'वीर विक्रम' रिलिज गरिसकेका निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्देशन गर्न लागेका हुन्।
 
युके आइडी होल्डर केटीको प्रेममा दुई नेपाली युवा पर्छन्। पढ्दै पैसा कमाउने उद्देश्यले विदेशिएकाहरु प्रेममा परेपछि सिर्जना हुने अवस्था नै फिल्मको विषय हो।
 
वीर विक्रमको मुख्य भूमिकामा देखिएका दयाहाङ राई र प्रियंका कार्की ह्याप्पी डेजको मुख्य कलाकार रहनेछन्।
 
'फिल्ममा म कलेज पढ्ने कूल केटीको रुपमा देखिनेछु,' नायिका प्रियंकाले भनिन्, 'यो पटक पनि फरक रुपमा देखिने भएकाले दर्शकले मन पराउनुहुन्छ होला।'
 
फिल्ममा सञ्जय गुप्ता र बिक्की जोशीको पनि अभिनय रहनेछ। सन् २०१७ को अप्रिलमा सार्वजनिक गर्नेगरी तयारी थालिएको फिल्म अक्टोबर १४ देखि सुटिङका लागि फ्लोरमा निस्कँदैछ।
 
ह्याप्पी डेजमा नरेश भट्टराई र दिनेश राउतले गीत लेख्नेछन् भने ताराप्रकाश लिम्बुले संगीत दिनेछन्। यसमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी र अशिक बंशाल निर्माता रहनेछा्।
 
फोटो: आकाश खड्का



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell