PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

'रङहरुको गीत' गाउँदै कलाकार रमेश श्रेष्ठ



पहिलोपोस्ट

'रङहरुको गीत' गाउँदै कलाकार रमेश श्रेष्ठ

काठमाडौं : कवि तथा कलाकार रमेश श्रेष्ठको एकल चित्रकला प्रदर्शनी 'रङहरुको गीत' राजधानीमा सुरु भएको छ।
 
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य तथा चित्रकला विभाग प्रमुख समेत रहेका श्रेष्ठको प्रदर्शनी भदौ ३० गतेसम्म रहनेछ। प्रदर्शनीमा ३० हजारदेखि एक लाख मूल्यसम्मका ५४ वटा चित्र राखिएका छन्।
 
विम्ब कविका रुपमा समेत परिचय बनाएका श्रेष्ठका कला अमूर्तझैं लाग्छन्। तर ती चित्रले शान्तिको सन्देश, वर्तमान बेथिति, प्रेम, प्रकृति र समाजका विम्बहरु बोलिरहेका छन्। मूलत: उनी एक्रेलिक र पानी रङमा बढी खेलेका छन्।
 
'पहिले मलाई प्रकृतिका विविध दृश्यहरुले प्रभाव पार्थे,' उनी भन्छन्, 'म प्रकृतिसँगसँगै समयलाई क्यानभासमा पोत्ने प्रयास गर्छु।'
 
२०५२ सालमै पहिलो एकल चित्रकला प्रदर्शनी गरिसकेका उनको यो दोस्रो प्रदर्शनी हो। प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषदमा भइरहेको हो।
 
प्रदर्शनीमै उनको पुस्तकाकार प्रकाशन 'रङहरुको गीत' पनि छ। जहाँ उनले बनाएका चित्रसँगै तिनलाई विम्बित गर्ने सुन्दर काव्यात्मक सिर्जना पनि समेटिएको छ।
 

अकस्मात् हावा रोकिएझैं
अकस्मात् बाढी चलेझैं
देश हराएको विस्मातमा
कविले आत्महत्या गरेछ






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell