PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

इन्द्रजात्राको लिंगो असन्तुलित भई ढल्दा दुई जना घाइते

इन्द्रजात्राको लिंगो असन्तुलित भई ढल्दा दुई जना घाइते

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : इन्द्रजात्राको लिंगो ठड्याउने लिंगो ढल्दा दुई जना घाइते भएका छन्। आज बिहान हनुमानढोकामा लिंगो उठाउने साइत थियो। सोही क्रममा असन्तुलित भई ढल्दा दुई जना घाइते भएका हुन्। घाइते दुवैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

घाइते हुनेमा नेपाली सेनाका हवल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक घर भई हाल चमती बस्ने पुष्प लामा रहेका छन्। खुट्टा भाँचिएका गुरुङको छाउनीस्थित सैनिक अस्पतालमा र लामाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बिहान ९ बजेर ३ मिनेटको साइतमा इन्द्रध्वजसहितको ३२ हाते लिंगो ठड्याउन लागिएको थियो। सो क्रममा नै दुर्घटना भएको हो। लिंगोलाई पुन: ठड्याइसकिएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा आजदेखि सुरु भएको छ। उपत्यकामा इन्द्रजात्रा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको यो जात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाचगान र रथयात्रा गरी मनाउने गरिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell