PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

इद मुबारक! सुरु भयो बकर इदको उल्लास

इद मुबारक! सुरु भयो बकर इदको उल्लास

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकर इद आज मनाइँदैछ।
 
आजको दिन एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गरिन्छ। यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ महिना जिल हिज्जाको १०औँ तारिख भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको हो। 
 
इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको कथन रहेको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिद बताउँछन्। 
 
आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुबारक भन्दै शुभकामना आदानप्रदान गर्छन्।
 
नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।
 
कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ।
 
मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell