PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

प्रिमियर लिग : लुकाकुले ह्याट्रिक गरेपछि एभरटनले सण्डरल्याण्डलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : लुकाकुले ह्याट्रिक गरेपछि एभरटनले सण्डरल्याण्डलाई हरायो

रोमेलु लुकाकुले प्रिमियर लिगमा नयाँ सिजनको पहिलो ह्याट्रिक गरेका छन्।
 
चौथो चरणको खेलमा लुकाकुको ह्याट्रिक मद्दतमा एभरटनले सण्डरल्याण्डलाई ३-० ले पराजित गरेको हो।
 
सण्डरल्याण्डको मैदानमा भएको खेलमा एभरटनलाई जिताउन लुकाकुले तीनै गोल दोस्रो हाफमा गरे। उनले ६० औं, ६८ औं र ७१ औं मिनेटमा गोल गरे।
 
जितपछि ४ खेलबाट १० अंक जोडेको एभरटन अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। समान अंक रहेको चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ।
 
शतप्रतिशत जित हात पारेको म्यानचेष्टर सिटी १२ अंक सहित शीर्ष स्थानमा छ। चौथो चरणको खेल सकिँदासम्म सिटी, चेल्सी र एभरटनसँगै टोटनहम हट्सपर अपराजित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell