PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

नेपाल पसेका भारतीय एसएसबीद्वारा दुई नेपालीमाथि निर्घात कुटपिट



पहिलोपोस्ट

गौशाला :  भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुई नेपाली निर्घात कुटिएका छन्।
 
सोमबार दिउँसो भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन्।
 
एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन्। मधवापुर बजारबाट दुई जना भारतीय नागरिक तस्करी गरी दुई बोरा सिमेन्ट बोकेर नेपाल प्रवेश गर्न लाग्दा एसएसबीले सीमामा उनीहरुलाई रुक्न भनेका थिए भने उनीहरु त्यहाँबाट भागेर नेपाल प्रवेश गरी मटिहानी–७ बाट अचानक बेपत्ता भएका थिए।
 
यसैबीच, मटिहानी–७ स्थित आफ्नो घरबाहिर बसिरहेका चौधरी र महतोलाई नै एसएसबीले तस्करीमा संलग्न रहेको भन्दै निर्घात कुटपिट गरेको पीडितले बताएका छन्। यसले गर्दा मटिहानी र मधवापुरको सीमा नाकामा स्थानीय र एसएसबीबीच तनाव पैदा भएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell